मध्यराती राजेन्द्र महतोले भने, ‘आफ्नो अभिव्यक्ति बङ्ग्याएर गलत प्रचार भयो’

Rajendra mahato 22

काठमाडौं । चौतर्फी आलोचनापछि उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्याएका छन् ।

राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका उपप्रधानमन्त्री महतोले आफ्नो अभिव्यक्ति बङ्ग्याएर गलत प्रचार भएको समेत दाबी गरेका छन् । महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको प्रष्टिकरण दिएका छन् ।

शुक्रवार पदभार ग्रहण गर्दै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । त्यसैगरी शनिबार राजपाले गरेको सम्मान कार्यक्रममा पनि महतोले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने दावी गरेका थिए ।

उनको यो अभिव्यक्तिलाई लिएर विरोध भइरहेको छ । महतोको अभिव्यक्तिलाई लिएर एमालेको माधवकुमार नेपाल समूहसहित विपक्षी दल तथा विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् । विवादास्पद अभिव्यक्ति दिने उपप्रधानमन्त्री महतोलाई पदबाट हटाउनुपर्ने मागसमेत उठेको थियो भने विद्यार्थीले त उनको पुतलासमेत जलाएका थिए ।

आफ्नो अभिव्यक्तिलाई गलत रुपमा प्रचार गरिएको दावीसमेत महतोले गरेका छन् । महतोले मध्यराती वित्रप्ती निकाल्दै राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भन्दै स्पष्ट पारेका छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...