आज देशभर आंशिकदेखि सामान्य बदली, पहाडी भेगमा वर्षाको सम्भावना

Mausam

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसममा सामान्य बदली र पाहाडी भेगमा वर्षाको हुने बताएको छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने छ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...