उपप्रधानमन्त्री भएको दोस्रो दिनै जल्न थाल्यो राजेन्द्र महतोको पुत्ला

Putla dahan

काठमाडौं । उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

यही क्रममा नेपाललाई टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववियुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री महतोको पुत्ला जलाएका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

पदभार सम्हाल्दै महतोले नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग राखेर सरकारमा आएको धारणा राख्नुभएको थियो । विद्यार्थीहरुले मुलुकलाई टुक्राउने अभिव्यक्तिको विरोध गर्दै पुत्ला दहन गरेका थिए ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहितका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...