जेठ १८ गतेदेखि खुल्ने भयो अन्तर्राष्ट्रिय उडान, यस्तो छ सरकारको सर्त

Hawai udan

काठमाडौं । काठमाडों उपत्यकासहित देशभर निषेधाज्ञा जारी रहेका बेला सरकारले यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने भएको छ ।

नेपाल आउन चाहनेले दुवै खोप लगाएको हुनुपर्ने र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।

सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० देखि आन्तरिक उडानमा रोक लगाएको थियो । त्यसपछि वैशाख २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकतर्फका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले चीनको कुनै पनि स्थान, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरकोे छ ।

बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिए । आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन ।

हाल नियमित उडान बन्द हुँदा चार्टर उडान मात्र हुँदै आएको छ । तर, चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेपछि यी तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरिएको मन्त्री ढकालले बताए ।

कसैले एउटा मात्र खोप लगाएको छ र उनको कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ। यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैंले बेहोर्नु पर्नेछ । एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । खर्च उसको आफ्नै हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...