एनआरएनएको निर्वाचन : लामिछानेको पक्षमा समर्थन बढ्दै गर्दा सुवेदीको समुहमा लफडा

Received 1189454528189050

सिकागो (अमेरिका) । ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपाल सँगै’ नेपालीमा एउटा उखानै छ । हुन पनि हो । नेपालीहरु जहाँ पुग्छन्, त्यहाँ आफनो बानी व्यहोरा पनि सँगै बोकेर जान्छन् ।

अहिले अमेरिकामा गैरनेपाली आवासीय संघ अमेरिका (एनआरएनए) को निर्वाचनको चर्चा उत्तिकै छ । यसरी निर्वाचनको चर्चा चल्नुका पछाडी विभिन्न कारण छन्, त्यसमा पनि मुख्य कारण चाँही निर्वाचनका बेला नेपालमा मतदाता किनैकै शैली अपनाउनु ।

अमेरिकामा गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को निर्वाचन आईपुग्न लाग्दा उम्मेदवारहरुले सीमित मतदातालाई डलर पेल्दै आफ्नो पक्षमा पार्न थालेका छन् । यसलाई हेर्दा पनि ‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ भन्ने नेपाली उखान ठ्याक्कै मेल खाएको पाइन्छ ।अहिले नेपाली जनसम्पर्क समिति अमेरिकाका बहुमत सदस्यहरुले कृष्ण लामिछानेलाई समर्थन गरेका छन् । नेपाली कांग्रेस, राप्रपा लगायतका पार्टीहरुले लामिछानेलाई समर्थन जनाउने निश्चित झै भएको छ ।

यता, जनसम्पर्क समितिका पूर्व सभापति विष्णु सुवेदी, नेताहरु प्रमोद सिटौला, अनन्त सुवेदी, हरिबोल भण्डारी लगायतका झण्डै ८० पतिशत सदस्य लामिछाने समुहमा छन । साथै उनलाई नेपाली कांग्रेसको रामचन्द्र पोडेल र कोइराला समुहको पनि साथ छ ।

लामिछाने समुहमा विभिन्न व्यक्तिहरुको समर्थन बढदै जाँदा सभापतिका अर्का उम्मेदवार बुद्धि सुवेदीको समुहमा भने भाडभैलो सुरु भएको छ । सो समुहभित्र पैसाको लेनदेनको विवाद पनि छताछुल्ल हुन थालेको छ ।

निर्वाचनमा खच नै अनगिन्ती भएपछि समुहभित्रै लफडा सुरु भएको छ । सुवेदीले एनआरएनएको निर्वाचनमा प्रचार प्रसारकै लागि मात्रै पनि ठूलो रकम खर्च गरिरहेका छन् ।

उनले सो रकम दुरुपयोग गरेको भन्दै काग्रेस नेता अर्जुन नरसिंह केसीका भाई धनन्जय नरसिंह केसी, नेविसंघका पूर्व महामन्त्री डा. यादव पण्डित, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. केशव पौडेलबीच झगडा सुरु भएको छ ।

उनीहरुले उम्मेदवार सुवेदीबाट लिएको ३ लाख डलर भागबण्डा गरिसकेका छन । उनीहरुले सुवेदीलाई १० लाख डलर खर्च गर्नुपर्ने भन्दै उकासी रहेका छन् ।

हुन पनि डा. पण्डितलाई अमेरिकामा नयाँ घर सुवेदीले नै किनिदिएको चर्चा छ भने डा. केशव पौडेलका १० जनालाई विभिन्न ठाउँमा जागिर लगाइदिएको चर्चा पनि उत्तिकै चलेको छ ।

यसले के देखाउँछ भने जहाँ पुगे पनि नेपालीले आफनो कर्म नेपालकै झै दोहो¥याउने गरेका छन् । नेपालमा निर्वाचन जित्न लाखौं खर्च गर्न र निर्वाचन जितेपछि जनतासमक्ष नाखमुख नदेखाउने परिपाटीलाई पनि जहाँ पुगे पनि पच्छ्याउने गरेको प्रष्ट हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...