सडक मर्मतमा जुटे सुदापका स्थानीयहरु

Sadak marmat

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर ६ सुदापका स्थानीयहरु आफैं जुटेर सडक मर्मत गरेका छन् । केहि दिनअघि परेको वर्षाले सडक भत्काइदिएपछि आवत जावतका साथै खाद्यान्न दुवानीमा समस्या परेपछि स्थानीय आफैंले सडक मर्मत गरेका हुन् ।

स्थानीय कुलकुले सामुदायीक वन र केहि समाजसेवीहरुको आर्थिक संकलनबाट सौरेनीदेखि छिपुवा इलाका स्वास्थ्य कार्यालयको भवनसम्मको करिव तीन किलोमिटर सडक मर्मत गरिएको समाजसेवी दिनेश थापाले जानकारी दिए ।

सो सडक ममैत गर्न नेपाली कांग्रेसका महासमिति सदस्य टेकराज तिगेलाले जेसिभि डोजर दिएका थिए भने स्थानीय समाजसेवी दिनेश थापा, नारायण खड्का, छत्र खड्का, तोर्ण खड्का लगायतको आर्थिक संकलन गरेका थिए ।

सो सडक मर्मतका लाति झण्डै दुई लाख रुपैयाँ खर्च भएको बताइएको छ । सडक मर्मत गरेपछि सो सकडमा अहिले सजिलै यातयातका साधन चल्न सक्ने भएको छ ।

प्रतिकृया दिनुहोस