आज पहाडी भेगमा पानी र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Mausam 112

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा रहेको सामुद्रिक आँधी ‘चक्रवात’को प्रभाव कारण देशभर बदली रहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात उत्तर–उत्तरपश्चिम हुँदै भारतको गुजराततिर बढ्ने क्रममा रहेको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि केही असर नेपालको भू–भागमा पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...