नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान नेपाल एयरलाइन्सले र हिमालय एयरलाइन्सलाई अनुमति

Aeroplane

काठमाडौं । सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा १० वटा चार्टर्ड उडान गर्ने गरी आवश्यक कार्य गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

सोही अनुसार प्राधिकरणले नेपाल एयरलाइन्सले सात र हिमालय एयरलाइन्सले तीनवटा चार्टर्ड उडान गरी भारतीय नागरिकलाई साउदीका विभिन्न स्थानमा लैजाने जनाएको छ ।

मन्त्रालयले चार्टर्ड उडानको अनुमति दिएको पत्र नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई दिइसकेको छ । सरकारले नेपालस्थित भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकलाई मात्रै साउदी लैजान अनुमति दिएको हो ।

काठमाडौंमा निषेधाज्ञा अगाडि आएर यतै अड्किएका भारतीय मात्रै १० चार्टर्ड उडानबाट साउदी अरब जान पाउने प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । मन्त्रालयको पत्रानुसार एकतर्फी चार्टर्ड उडानका लागि मात्रै अनुमति दिइएको छ ।

प्रतिकृया दिनुहोस