कोरोनाबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

Mahendra khamyang

धनकुटा । धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत तथा झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमण भएपछि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत खाम्याहाङको आज दिउँसो साँढे २ बजे निधन भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङलाई गत वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएपछि निवासमै केही दिन आफ्नै क्वाटरमा र दुई दिन अर्जुनधारा नगरपालिकाको आइसोलेशनमा बसेका थिए । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई बैशाख १७ गते बिएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई धनकुटाबासीले विकासप्रमी भनेर चिन्ने गर्छन । उनी २०६३ सालदेखि धनकुटा नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । हालको सल्लेरी बनमा बनाइएको नेपालकै नमुना मानिएको डम्पिङ साइट निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको छ । उनकै नेतृत्वमा सो डम्पिङ साइड पनि बनेको थियो ।

उनले धनकुटामा रहेकै बेला २०६३ सालमा धनकुटा बसर्पाकमा भवन सहितको जग्गा नेपाल पत्रकार महासंघ धनकुटालाई प्रदान गर्ने साहसिक निर्णय गरेका थिए । उनले धनकुटाको पत्रकारीता क्षेत्रको विकास र समृद्धिको लागी महत्वपूर्ण सहयोग गरेको नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सञ्तोषी राई बताउँछन् ।

उनी धनकुटा नगरपालिकामा २०६३ साल साउनलदेखि दुई पटक गरी ५ वर्ष २ महिनासम्म कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...