चिकित्सक सहितको टोली लिएर गृहजिल्ला गोरखा हिंडे नारायणकाजी

Dd4baf5a1252fd44aa4021600f149ca81621245708

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा लागेका छन्। उनी सोमबार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा लागेका हुन्।

गोरखाको विभिन्न ठाँउहरुमा कोभिड संक्रमण बिस्तार भैरहेको र कोभिड हटस्पट बन्दै गैरहेको भन्दै आफुले अभियान थालेको उनले बताएका छन् । उक्त टोलीले केही लक्षण देखापरी शँकास्पद रहेका कोभिड बिरामीसँग सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण,आवश्यक परामर्श एवम् तत्काल संभव औषधी, स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानिय सराकारका जनप्रतिनिधि एवम् स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्द्रित छलफलको काम गर्नेछ ।

नेता श्रेष्ठले केहीदिन अघि गोरखा पुगेर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल गरेका थिए । उनले त्यस अवसरमा गोरखा अस्पतालको स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर त्यहाँको अवस्थाको जानकारी समेत लिएका थिए ।

त्यस लगत्तै नेता श्रेष्ठले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलभ्ध गराउन सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...