कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथग्रहण

Karnali mantri

काठमाडौँ । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् ।

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद मन्त्री सीता नेपालीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनिले पद तथा गोपनियताको सपथ गराएका हुन् । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख २९ गते कर्णाली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थप गरेका थिए । तर सत्ता साझेदार कांग्रेससँग सहमति हुन नसकेपछि शाहीले दुई जनालाई निरन्तरता दिनुभएको छ भने मन्त्री नियुक्त सांसद विन्दमान विष्टलाई भने शपथ नलिंदै हटाइएको छ ।

माओवादी र कांग्रेसको भागबण्डासँगै कांग्रेसको भागमा अब सामाजिक विकास र ऊर्जा तथा जलस्रोत मन्त्रालय परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...