‘ताउते’ को प्रभाव नेपालमा देखिन थाल्यो, मध्य र पश्चिम तराईमा असर पर्ने अनुमान

तत्काल हिमाल आरोहण नगर्न मौसमविद्को सुझाव

Weather 3

काठमाडौं । भारतको गुजरातमा शक्तिशाली चक्रवात ‘ताउते’ आउने सम्भावना बढेको छ । भारतीय मौसम विभाग (आईएमडी) ले अरब सागरमा बनेको शक्तिशाली चक्रवात ‘ताउते’ आज साँझसम्म गुजरातमा आइपुग्ने अनुमान गरेको हो ।

गुजरातका तटीय जिल्ल पोरबन्दर, जुनागढ, गिर, सोमनाथ, अमरेलीमा १ मिटरदेखि ३ मिटरसम्म समुन्द्री छाल उठ्न सक्ने भारतीय मौसमविद्हरुले अनुमान गरेका छन् ।

अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको छ । ‘ताउने’ नाम गरेको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौं उपत्यकासम्म देखिएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो ।

सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने छ । बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकोले आजै बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभाव बारेमा थप थाहा हुने मौसमबविद अर्यालको भनाई छ ।

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्नरनगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ ।

यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ’, मौसमविद् अर्यालले भने, ‘यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।’

यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७ सय ४२ आरोहीले अनुमति पाएका छन् । अहिले आरोहीहरु सगरमाथा सहित देशका विभिन्न हिमालमा आरोहणका लागि अनुकूल मौसम पर्खिरहेका छन् । तर अब केही दिन मौसम प्रतिकूल हुने भएकोले आधार शिविरबाट माथि नजान मौसम पूर्वानुमान् महाशाखाले आग्रह गरेको छ ।

अरब सागरमा विकसित आँधीका कारण नेपालका हिमाली क्षेत्रका मौसम प्रतिकूल हुने भएकोले आरोहणमा नजान र माथिल्ला शिविरमा पुगेकाहरुलाई पनि तल सुरक्षित ठाउँमा झर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...