आजको मौसम : आज बदली, दिउँसो र राति पहाडी क्षेत्रमा वर्षाको सम्भावना

Weather news

काठमाडौं । आज पनि देशभर मौसम बदली हुनेछ। स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली को प्रभावले सोमबार बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस