कोरोना कहरमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोलको मूल्य १२३ रुपैयाँ पर्ने

Petrol pamp

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले अधिकांस जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी रहेकै बोल नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मुल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर ७८ कायम भएको छ ।

निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...