धनकुटामा सर्जिकल माक्स बिक्रीमा कालोबजारी, एउटै माक्सको १० रुपैयाँमा बिक्री

Mask photo

धनकुटा । धनकुटामा सस्तो दरमा पाइने सर्जिकल माक्स बिक्रीमा कालोबजारी भइरहेको पाइएको छ । संक्रमणकालीन अवस्थामा यसरी कालोबजारी भइरहदाँ पनि सरोकारवाला निकायहरु भने मौन देखिएका छन् ।

यतिबेला धनकुटामा पनि कोरोना संक्रमण बढने क्रम बढेको छ । कोरोनाबाट बच्न सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरुले माक्स अनिवार्य रुपमा लगाउन अपिल गरिरहेका कारण सबैले अनिवार्य माक्स लगाउने गरेका छन् । यही मौकामा धनकुटाका व्यापारीहरुले माक्स बिक्रीमा कालोबजारी गरिरहेको पाइएको छ ।

सामान्यतय एउटा सर्जिकल माक्सको २ रुपैयाँसम्म पर्ने गरेको छ । तर, धनकुटा बजारमा सोही माक्सको १० रुपैयाँ पर्छ । बजारमा यसरी माक्स बिक्रीमा कालोबजारी भइरहेको गुनासो बढेपछि धनकुटा उद्योग बाणिज्य संघले बजार मुल्य अनुसार नै माक्स बिक्री गर्न व्यवसायीहरुलाई आग्रह गरको छ ।

उद्योग बाणिज्य संघले सञ्चालन गरेको मास्क अनिवार्य लगाउने अभियान अन्तर्गत विज्ञप्ती जारी गर्दै मास्क सर्वसुलभ मुल्यमा बिक्री वितरण गरी सहयोग गर्न सबै व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

गुणस्तरीय सर्जिकल मास्क ५ रुपैयाँसम्म र नोज पिन भएको गुणस्तरीय मास्क बढीमा ७ रुपैयाँसम्म मात्र बिक्री वितरण गर्न धनकुटा उद्योग बाणिज्य संघले व्यापारी तथा व्यवसायीहरुलाई अनुरोध गरिएको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...