प्रदेश १ अक्सिजनमा आत्मनिर्भर, अन्य प्रदेशमा भरथेग गर्दै अक्सिजन उद्योगहरु

Oxygen plant

काठमाडौं । देशभर अक्सिजनको अभाव भइरहेका बेला प्रदेश नं. १ भने आत्मनिर्भर बनको छ । प्रदेश नं. १ मा बाहेक अन्य ६ वटै प्रदेशमा अक्सिजनको चरम अभाव छ । हालकै अवस्थामा प्रदेशमा अक्सिजनको कुनै अभाव नभएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक मन्त्रालयका सचिव गोविन्द कार्कीका अनुसार प्रदेशमा रहेका पाँच उद्योगबाट प्रदेशका सबै अस्पतालको माग धान्न सक्ने अवस्थामा अक्सिजन उत्पादन भइरहेको छ ।

उनले अहिले प्रदेशका कोभिड र नन कोभिड अस्पतालमा दैनिक १ हजार सिलिन्डर अक्सिजन माग भए पनि त्यो भन्दा दोब्बर मात्रामा उद्योगहरुबाट अक्सिजन उत्पादन हुँदै आएको बताए ।

हाल प्रदेश नं. १ का अक्सिजन उद्योगले काठमाडौं उपत्यकासहित अभाव भएका अन्य जिल्लामा मेडिकल अक्सिजन उपलब्ध गराइरहेका छन् । त्यसअनुसार प्रदेश १ का मोरङ र सुनसरीका उद्योगले काठमाडौंसहित जिल्लामा अक्सिजन आपूर्ति पनि गर्न थालेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मोरङका उद्योगले आन्तरिक माग धानेर काठमाडौँ लगायतका अन्य जिल्लामा अक्सिजन पठाइरहेको बताए ।

मोरङबाट स्थल र हवाई मार्ग हुँदै अक्सिजन काठमाडौं ल्याइने गरेको छ । सेनाको स्काई ट्रकमार्फत १८०, स्थल मार्ग हुँदै १६३ सिलिण्डर रिफिल गरेर पठाइएको छ ।

मोरङ र सुनसरीमा पाथिभरा, मारुती, दुर्गा, विनायक र हिमाल अक्सिजन उद्योग सञ्चालनमा छन् । ती उद्योगले दैनिक तीन हजार भन्दा बढी सिलिण्डरमा अक्सिजन रिफिल गर्न सक्छन् ।

विनायकले दैनिक १८ सय सिलिण्डर, दुर्गाले ५८०, मारुतीले ५०० र हिमालले साढे ३ सय सिलिण्डर रिफिल गर्न सक्ने सम्बन्धित उद्योगले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...