चीनबाट ल्याइदै गरेको अक्सिजनमा आ आफ्नै दाबी, ‘सरकार भन्छ–अनुदानको, व्यवसायी भन्छन्–हामीले ल्याएका हौं’

Oxygen clylinder

काठमाडौं । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिण्डरबारे सरकार र निजी क्षेत्रले आ–आफ्नै दावी गरेका छन् ।

सरकारका अधिकारीहरुले अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको बताइरहँदा व्यवसायीले भने ती सिलिण्डर आफूहरुले ल्याएको दाबी गरेका छन् ।

चीनको स्थलमार्गबाट ल्याइएको १८ हजार सिलिण्डर तातोपानी आइसकेको र उक्त सिलिण्डर सरकारले ल्याउन लागेको उपप्रधानमन्त्री इश्वर पोखरेलका सल्लाहकार गणेश पाण्डेले सूचना दिएपछि व्यवसायीहरुले खासासम्म आएको सिलिण्डर निजी क्षेत्रको भएको जानकारी दिएका हुन् ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक खासामा आइसकेको ७५ सय थान सिलिण्डिर व्यवसायीहरुले किनेर ल्याएको जानकारी दिँदै त्यसैलाई अनुदानमा दिएको प्रचार उपयुक्त नभएको बताए ।

शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर बताएको शेर्पाको भनाइ छ ।

सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताए । पाण्डेका अनुसार अहिले ल्याइरहेको सिलिण्डर भने चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको सिलिण्डर नै हो ।

तातोपानी भन्सार कार्यालयका अधिकारीले पनि खासा आइपुगेको अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएका छन् ।

व्यवसायिक प्रयोजनका लागि ल्याएको खासा आइपुगेको ७५ सय सिलिण्डर मध्ये २५ सय थान अक्सिजन सिलिण्डर भने सोमबार तातोपानी नाका आइपुग्ने शेर्पाको भनाइ छ ।

दैनिक ३ वटा कन्टेनरमा ती सामग्री नेपाल भित्रने भन्सार कार्यालयले जानकारी दिएको छ । नेपालमा अक्सिजनको हाहाकार भएपछि तातोपानी भन्सार कार्यालयले छिटो आइपुग्ने गरी सिलिण्डर उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो । सोही अनुसार व्यवसायीले सिलिण्डर ल्याएको भन्सार कार्यालयका ती अधिकारीको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...