काठमाडौँ उपत्यकामा थप २६०९ जनालाई कोरोना, काठमाडौँमा मात्रै थपिए १ हजार ८८१ संक्रमित  

11953238 3x2 940x627

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३६ जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमणका कारण देशभर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर १४५ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ३३८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ । यस्तै थप एक सय ४५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...