चीनले थप ९ करोड बराबर आकस्मिक सहयोग गर्ने

Nepal china flag

काठमाडौँ । नेपालले चीनसँग आकस्मिक सहयोगस्वरूप तत्कालै अक्सिजन प्लान्ट मागेको छ । दोस्रो लहरको कोभिड–१९ महामारीसँग जुध्न अक्सिजनको चरम अभाव रहेको भन्दै नेपालले अक्सिजन उत्पादन गर्ने प्लान्ट माग गरेको हो ।

अर्थ मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) बीच शुक्रबार भिडियो कन्फरेन्समार्फत भएको दुईपक्षीय वार्तामा नेपालले अक्सिजन प्लान्ट आकस्मिक सहयोग गर्न आग्रह गरेको हो ।

यअसघि चीनले नेपाललाई ३ हजार ५ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर सहयोग दिने प्रतिबद्धता गरिसकेको छ । त्यसअनुसार पहिलो चरणमा ४ सय थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर नेपाल आइसकेको छ । नेपालको आग्रहमा चिनियाँ पक्ष सकारात्मक रहेको वार्तामा सहभागी अर्थ मन्त्रालयका चिनियाँ डेक्स हेर्ने उपसचिव डिबी क्षत्रीले जानकारी दिए । चिनियाँ पक्षले अक्सिजन प्लान्टका विषयमा थप अध्ययन गरेर जवाफ दिने बताएको उपसचिव क्षत्रीले जानकारी दिए ।

भिडियो कन्फरेन्समा नेपाली टोलीको नेतृत्व अर्थसचिव शिशिरकुमार ढुंगाना र चिनियाँ पक्षको नेतृत्व सिड्काका उपाध्यक्ष देङ बोकिङले गरेका थिए । वार्तामा दुवै मुलुकका परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत प्रतिनिधित्व थियो । भिडियो कन्फरेन्समा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसमेत सहभागी थिइन् ।

उक्त अवसरमा सचिव ढुंगानाले चिनियाँ पक्षसँग नेपालको कोभिडविरुद्धको खोप अभियानमा सघाउनसमेत आग्रह गरेका थिए । उनले यसअघि नै चीनले नेपाललाई ८ लाख डोज खोप दिएकोमा धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आग्रह गरेका थिए ।

चीनले नेपाललाई थप ५ मिलियन आरएमबी ९करिब ९ करोड ८ लाख रुपैयाँ० आकस्मिक सहयोग दिने भएको छ । शुक्रबार भएको वार्तामा सिड्काका उपाध्यक्ष बोकिङले कोभिडसँग जुध्न नेपाललाई ५ मिलियन आरएमबी थप सहयोग गर्ने घोषणा गरेको हो । दुई साताअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित ५ दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीसँग भिडियो कन्फरेन्स गर्दै कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा सघाउन ५० लाख आरएमबी सहयोग गर्ने घोषणा गरेका थिए ।

सोही घोषणाअनुसार छिमेकी चीनले तत्काललाई ३५ सय थान सिलिन्डर र १० थान भेन्टिलेटर दिन सहमति जनाएको थियो । त्यसका अतिरिक्त चीनले नेपाललाई थप ५० लाख आरएमबी आकस्मिक सहयोग उपलब्ध गराउने भएको उपसचिव क्षत्रीले बताए ।

‘हामीले अक्सिजन प्लान्ट मागेका छौँ, उहाँहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘थप ५० लाख आरएमबी सहयोग गर्ने घोषणाअनुसार अक्सिजन प्लान्ट पनि आउन सक्छ, उनीहरूले यसमा अध्ययन गर्छौँ भनेका छन् ।’ वार्तामा राजदूत यान्छीले कोभिडको नियन्त्रण, रोकथाम तथा उपचारमा चीनले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...