कोरोना संक्रमणले २ जना पत्रकारको निधन

Shantiram karki

काठमाडौं । कोरोना संक्रमणबाट पत्रकार शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचाररत सम्पादक कार्कीको शनिवार राती निधन भएको हो ।

बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय कार्की जनताटाइम्स डटकमका सम्पादक थिए । साथै उनी सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष थिए ।

ले जनताटाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की खोजी समाचारप्रति निकै रुची राख्ने गर्थे । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मिएका कार्की सौर्य दैनिकमा समेत आवद्ध थिए ।

यता, नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...