देशभरको मौसम सफा, पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

Mausam

काठमाडौँ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहने छ । बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ। यस्तै, पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिनभर देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...