अक्सीजन सिलिण्डर र औषधिमा कालोबजारी भए कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

Kp oli baitha 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न सरकारले केही गरेन भन्नु मूर्खता भएको टिप्पणी गरेका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामुहिक छलफलमा प्रधानमन्त्री ओलीले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए ।

कोरोना संक्रमण बढिरहेका बेला जनतालाई अत्यास लाग्ने अभिव्यक्ति कोही कसैले पनि दिन नहुने उनले बताए । ‘हाम्रो स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान् तर ‘कोल्याप्स’ भएको छैन’, प्रधानमन्त्रीले भने, ‘समस्या भए समस्या छन् पो भन्नुप्यो, कोल्याप्स भयो त भन्नुभएन ।’

प्रधानमन्त्रीओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिए ।

हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न निर्देशन दिए । ‘त्यहाँ पालो लगाएर मान्छे राख्नुस्, देशभरिका अस्पतालसँग, सुरक्षा निकायका प्रमुखसँग समन्वय हुनुपर्छ, आएको गुनासाको उचित सम्बोधन हुनुपर्छ, धेरै लाइन चालू गर्नुपर्छ’, उनले भने ।

संक्रमित होम आइसोलेशनमा बस्दा समुदायमा संक्रमण फैलिएको हुन सक्नेतर्फ सरकार सचेत रहेको जनाउँदै उनले होम आइसोलेशनमा बसेका संक्रमितले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।

‘जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।

बैठकमा सहभागी भएका नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार यस्तो महामारीका बेला पनि अक्सीजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको समाचार आउनु दुःखद् भएको बताउनुहुँदै त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारवाही गरिने चेतावनी प्रधानमन्त्री ओलीले दिए ।

‘अक्सिजन सिलिण्डर, औषधिजन्य वस्तु, अस्पतालका शैया तथा एम्बुलेन्सको भाडासमेत चर्कोरुपमा असुलिरहेको सूचना आफूकहाँ पुगेको छ’ उनले भने, ‘यस्तो महामारीकाबेला कमाउनेतिर होइन, जनताको जिउज्यानको रक्षामा ध्यान केन्द्रित गर्नुहोस्, कसैले सरकारी मापदण्डभन्दा बढी रकम असुली गरी पीडित जनतालाई थप पीडा दिएको पाइएमा सरकारले कारवाही गर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...