कांग्रेस सभापति देउवाद्धारा जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला स्थापना गर्न सरकारसँग आग्रह

Sher b deuba pnp2019 06 28 03 23 49

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार साँझ देउवाले विज्ञप्ति जारी गर्दै उपचार नपाएर छटपटिरहेका संक्रमितका लागि अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।

उनले कोभिड–१९ को संक्रमणले उग्र रूप लिइरहेको र देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आइसियू बेड र औषधिको नितान्त अभाव हुनुका पछि सरकार दोषी भएको आरोप लगाएका छन् ।

‘सुदूरपश्चिमलगायतका दुर्गम स्थान र देशभरिमा नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ।’

देउवाले संकटको यस्तो घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई समेत आवश्यक सहयोगका लागि अपिल गरेका छन् । उनले यस्तो वेला स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् । कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नसमेत देउवाको अपिल छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...