काठमाडौंमा रहेकी राष्ट्रसंघीय प्रतिनिधि ब्यास्लोको प्रश्न, ‘के विश्वले सुनिरहेको छ ?’

Sara nyanti

काठमाडौं । नेपालमा कोरोना संक्रमण उच्च दरले बढन थालेपछि विश्वका शक्तिशाली राष्ट्रहरुको ध्यान तानिन थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपाललाई विश्वको सहायता आवश्यक परेको बताए लगत्तै काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई नेपालमा तत्काल कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण मुलुकमा अक्सिजन ग्यास सिलिन्डरसहित अन्य अतिआवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरुलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्थाअनुसार सहयोग जुटाउनको लागि पहल गर्न निर्देशनसमेत दिइसकेको छ ।

राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले नेपालमा कोरोना संक्रमण उच्च रहेको भन्दै डब्ल्यूएचओका प्रमुखलाई जतिसक्दो चाडो नेपालमा कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेकी हुन् ।

‘के विश्वले सुनिरहेको छ ?’, उनले प्रश्न गर्दै ट्वीटरमा भनेकी छन्, ‘विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैँले पनि बोलिरहेको छ । अहिल्यै खोप नेपाल पठाउनुस् ।’

डब्ल्यूएचओले कोभ्याक्स सुविधाअन्तर्गत कम आय भएका मुलुकमा खोप आपूर्ति गर्दै आएको छ । सोही सुविधाअन्तर्गत नेपाललाई १ करोड ३० लाख मात्रा खोप डब्ल्यूएचओले दिने बताएको छ ।

सो खोपको ३ लाख ४८ हजार मात्रा फागुन २३ गते नेपाल आइसकेको छ । भारत लगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि बाँकी खोप कहिले आउने अन्यौल भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...