राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित, जनताको सेवामा लाग्न कार्यकर्तालाई अपिल  

Rpp kamal thapa pashupati s

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसहित शनिबार बसेको बैठकले यही जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ ।

परिस्थिति सहज बनेपछि महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने बताइएको छ । यस्तै बैठकले कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई अपिल पनि गरेको छ ।
 

प्रतिकृया दिनुहोस