कोरोनाबाट बर्दियाका थप दुईजनाको मृत्यु

Corona death1

बर्दिया । कोरोना संक्रमणबाट बर्दियामा थप दुई जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–१ की ३४ वर्षीया महिला र गुलरिया नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

ठाकुरबाबाकी महिलाको शनिबार बिहान करिब ३ बजे बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै, गुलरियाका पुरुषको शनिबार बिहान पौने ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...