प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा पुरानालाई मात्रै ‘इन्ट्री’, नयाँलाई ‘नो चान्स’

186491334 3789408404491715 3201073033864056833 n

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् ।शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका हुन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बताएपछि सबै पुरानै मन्त्रीले निरन्तरता पाएका हुन् ।

उपपप्रधानमन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्याल नियुक्त भएका छन ।

खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठानागरिकमन्त्री जुलिकुमारी महतोले पुनः शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीले तीनजना राज्यमन्त्रीलाई पनि पुरानै जिम्मेवारीमा दोहोर्‍याएका छन् । सहरी विकास राज्यमन्त्रीमा रामवीर मानन्धर दोहोरिएका छन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नवराज राउत दोहोरिएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्रीमा विमला विक दोहोरिएकी छन् । उनीहरूले पनि शपथ लिएका छन् ।

को-को भए मन्त्री ?

ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय

रामबहादुर थापा बादल, गृह

टोपबहादुर रायमाझी, उर्जा

विष्णु पौडेल, अर्थ

प्रदिप ज्ञवाली, परराष्ट्र

हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या

लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति

कृष्णगोपाल श्रेष्ठ, शिक्षा

प्रभु साह, सहरी विकास

भानभुक्त ढकाल, पर्यटन

मणिचन्द्र थापा, खानेपानी

पद्मा अर्याल, कृषि

बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात

गौरीशंकर चौधरी, श्रम, रोजगार

पार्वत गुरुङ, सञ्चार

शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

लिलानाथ श्रेष्ठ, कानून

गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन

प्रेमबहादुर आले, वन

जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

दावा लामा तामाङ, युवा तथा खेलकुद

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...