कोरोनाबाट साविकको तेलिया गाविसका पूर्व अध्यक्ष चोङवाङको मृत्यु

Chandra bdr chongbang

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय चन्द्रबहादुर चोङवाङको मृत्यु भएको छ ।

पाँच दिनअघि मात्रै कोरोना पुष्टि भएको चोङबाङको उपचारकै क्रममा आज बिहान विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगर लगिएको थियो ।

उनी २०५४ सालमा साविकको तेलिया गाविसको अध्यक्ष निर्वाचित भएका थिए । उनी हाल नेकपा एमाले धनकुटाका सदस्य हुन ।

छथर जोरपाटी गाउँपालिकामा कोरोना संक्रमणका कारण पाँच दिनको अवधिमा दुई जनाको मृत्यु भएको छ । यसअघि गत सोमबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा छथर जोरपाटी–४ कै ७७ बर्षीया कोरोना संक्रमित बृद्धाको पनि मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस