काभ्रे प्रहरीद्धारा दुई अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

Oxygen cylinder

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न उद्योगमा खाली रहेका सिलिण्डरलाई सङ्कलन गरी भरेर जिल्लाका दुई अस्पतालमा वितरण गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण देशभर सङ्क्रमण फैलिएको र उपचार एवं अक्सिजनको अभाव भई सिर्जना भएको विषम परिस्थिति र आम जनसमुदायको स्वास्थ्यमा पर्न गएको असरलाई मध्यनजर गरी, मानवीय क्षति रोकथाम तथा सङ्क्रमणदर नियन्त्रण गर्न नेपाल प्रहरीको प्रयासमा सो सिलिण्डर सङ्कलन गरी अक्सिजन भरेर वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार जिल्लाका विभिन्न व्यापार–व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न वितरण केन्द्र र सहयोगी व्यक्तिबाट सङ्कलन गरिएको खाली सिलिण्डर भरी त्यसको पारदर्शी वितरण गर्ने अभियान अनुरुप बिहीबार धुलिखेलस्थित धुलिखेल अस्पताललाई ३० थान र बनेपास्थित शिर मेमोरियल अस्पताललाई १० थान हस्तान्तरण गरेको बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दुई दिनमा ६७ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेको र पनौतीस्थित नवज्योति ग्यास प्रालिबाट उक्त खाली सिलिण्डरह भर्ने कार्यसमेत भइरहेको छ । कार्यालयले करिब १०० वटा खाली सिलिण्डर सङ्कलन गरेर अक्सिजन भरी हस्तान्तरण गर्ने जनाएको छ ।

त्यसरी सङ्कलन गरिएका सिलिण्डरमा नमेटिने गरी नाम लेखिएको कारणपछि अवस्था सहज भएपश्चात सम्बन्धित व्यक्ति, उद्योग र डिपोलाई नै फिर्ता गर्ने गरी सम्झौता गरेको जनाएको छ ।

अहिले खाली सिलिण्डर भर्नका लागि लाग्ने रकमसमेत जिल्ला प्रहरी कार्यालयले नै व्यहोरिरहेको र त्यसलाई पछि कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टले व्यहोर्ने भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

त्यससँगै थप खाली सिलिण्डर सङ्कलन गर्ने कार्यसमेत जारी रहेको अवस्थामा सो अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न इच्छुक महानुभावलाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै अस्पतालभन्दा बाहिर अत्यावश्यक स्वास्थ्य उपचार प्रयोजनबाहेकका सिलिण्डर सङ्कलन गरी फिर्ता दिई अस्पताल प्रयोजनमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ महामारी रोकथाम तथा सङ्क्रमितको उपचारका लागि अत्यावश्यक मेडिकल अक्सिजन अभाव भई अस्पतालमा बिरामीलाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध हुन नसकेको हुँदा अस्पतालभन्दा बाहिर अत्यावश्यक स्वास्थ्य उपचार प्रयोजनका लागि बाहेक जिल्लास्थित विभिन्न उद्योग, सङ्घसंस्था तथा व्यक्तिसमेतले भण्डारण गरिराखेका मेडिकल अक्सिजन सिलिण्डर सम्बन्धित उद्योगमा फिर्ता दिई अस्पतालको प्रयोगमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...