कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । काठमाडौँ – मुलुकका केही स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १ र अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।
यस बाहेकका भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । ‘देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि प्रदेश १ सहित पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। प्रदेश नम्बर १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस