प्रधानमन्त्रीलाई साझा पार्टीको अध्यक्ष मिश्रको प्रश्न : ‘जीवन र मृत्युको दोसाँधको समय तपाईंले मृगौला नपाएको भए के हुन्थ्यो ?’

Rabindra mishra

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न सोधेका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै मिश्रले मृगौला प्रत्यारोपण गर्ने समयमा मृगौला नपाएको भए कस्तो हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । देशभर अक्सिजनको अभावका कारण मानिसको मृत्यु हुन थालेको अवस्थामा मिश्रले प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन् ।

‘यदि तपाईंको मृगौला प्रत्यारोपण गर्ने समयमा मृगौला नपाएको भए तपाईं र तपाईंको परिवारलाई कस्तो महसुस हुन्थ्यो ?,’ उनले भने, ‘हो त्यसैगरी आज सैयौं नेपालीहरू जीवन र मृत्युको दोसाँधमा अक्सिजन नपाएर छटपटाइरहेका छन् र धेरैको मृत्यु पनि भइसकेको छ ।’

देशभर अक्सिजन अभावको हुनुको मुख्य कारक सरकार भएको आरोप लगाउँदै निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट लगाउन निर्देशन दिनु हास्यास्पद र मुर्खता भएको टिप्पणी गरेका छन् । उनले सरकारले गर्न नसक्ने काम निजी अपतालले कसरी गर्नसक्छ भन्दै प्रश्न गरेका छन् ।

यस्तै मिश्रले तुरुन्त मित्रराष्ट्रहरू सम्वाद गरेर अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग माग्न सुझाव दिएका छन् । देशभर शय्याको अभाव भएको अवस्थामा सेना र प्रहरीको सहयोग लिएर देशभर शय्या र जनशक्तिको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...