क्यान्सर अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याउने

Bp hospital

काठमाडौँ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शुक्रबारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको छ । अस्पतालको रेडिएशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिँदै छ । ती विभागहरुमा बारेर मनिटरलगायतका सामान जडान गर्ने काम अघि बढाइएको गौतमको भनाइ छ ।
 

ती वार्डहरुमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले समस्या नपर्ने अनुमान गरिएको छ । ती शय्याहरुमा छवटा भेन्टिलेटरसमेत जडान गरिँदै छ । गौतमले भने, “प्रदेश, सङ्घीय सरकार र दाताहरुसँग भेन्टिलेटरलगायतका उपकरण माग गरेका छाँै ।” ती वार्डलाई सकेसम्म सुविधासम्पन्न बनाइने अस्पतालले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गर्न लागेको हो । यहाँ यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् ।

चार सय ५० शय्याको क्यान्सर अस्पतालमा हाल २२० क्यान्सरका बिरामी उपचाररत रहेका छन् । कोभिड वार्डमा १० जना रहेका छन् । यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा यो अस्पताल निर्माण भएको हो ।

जिल्लामा हाल विभिन्न अस्पतालमा गरी ७३० शय्यामा कोभिडका बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पतालमा १४५ शय्या सञ्चालनमा रहेको छ । एक÷दुई दिनभित्रमा नै सो अस्पतालले २०० शय्या पु¥याउँदै छ ।

चितवन मेडिकल कलेजमा २६०, पुरानो मेडिकल कलेजमा २००, गुञ्जमान सिंह हस्पिटलमा १०, बघौडा अस्पताल माडीमा १०, बकुलहर अस्पताल रत्ननगरमा २८, खैरहनी स्वास्थ्यचौकीमा १५, राप्ती अस्पतालमा २०, कालिका नगर अस्पतालमा १२ र इच्छाकामनामा २० शय्या सञ्चालनमा रहेको छ । तिवारीका अनुसार पालिकाले सञ्चालन गरेका अस्पतालमा पनि अक्सिजन र चिकित्सकको सुविधा रहेको छ ।

जिल्लाका निजी अस्पतालमा पनि ३५ सङ्क्रमित उपचाररत रहेको तिवारीले जानकारी दिए । जिल्लाका निजी अस्पताल मिलेर एउटा अस्पताललाई कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले भोलिसम्ममा कुन अस्पताललाई कोरोना अस्पताल बनाउने टुङ्गो लाग्ने जानकारी दिए ।

निजी अस्पताल मिलेर ६० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । हाल जिल्लाका अस्पतालमा ४५६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १९८ जना जिल्लाका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार तीन हजार १२४ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १० हजार ४३१ पुगेको छ । तीमध्ये सात हजार १५७ निको भएका छन् भने १५२ जनाको निधन भएको छ । जिल्लामा कोभिड उपचारका लागि साधारण शय्याको अभाव नभए पनि सघन उपचारकक्ष भने भरिएका छन् । भेन्टिलेटरको पर्खाइमा बिरामीको मृत्युसमेत हुन थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...