बागमती र गण्डकीमा वर्षा जारी, अझै केही दिन मौसम नखुल्ने

Mausam 112

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भू–भागमा सामान्य बदली रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले अझै केही दिन मौसम नखुल्ने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस