कोरोना कहर : निषेधाज्ञाले ७३ जिल्ला ठप्प, ४ जिल्लामा मात्रै निषेधाज्ञा हुन बाँकी

कुन–कुन जिल्लामा भयो निषेधाज्ञा ? (सुचीसहित)

Lockdown logo

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण दर उच्च रहेको छ । देशका अधिकांश भागमा निषेधाज्ञा जारी रहँदा पनि नेपालको संक्रमणदर उच्च रले वृदि भइरहेको छ ।

पछिल्ला केही दिनमा नेपालमा प्रति दिन ९ हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । बुधबार पनि नयाँ संक्रमितको संख्या ९ हजार बढी रहेको छ । परीक्षण गरेका मध्ये ४५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको देखाउँछ ।

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् ।

मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ ।

यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । काठमाडौं उपत्यकाभित्र पनि वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो ।

बाँकेका बैशाख १३ गतेदेखि निषेधाज्ञा गरेको थियो भने १४ गते गते सुर्खेतमा र १५ गतेदेखि कास्कीमा निषेधाज्ञा जारी भएको थियो । त्यसयताको अवधिमा करीब–करीब मुलुक नै ठप्प हुन पुगेको छ । अधिकांस जिल्लामा कोरोना संक्रमित भेटिएको छ । तथापि केही जिल्लामा निषेधाज्ञा हुन बाँकी छ ।

स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ । खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।

रुकुम (पूर्व) ले पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम सङ्क्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन । तर छथर गाउँपालिकाको शुक्रबारे बजार भने सिल गरिएको छ ।

मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।

आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल बताउँछन्  ।

यो हो सूची

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...