गण्डकी प्रदेशमा बिपक्षीले बहुमत जुटाउन असफल, फेरि गुरुङ नै मुख्यमन्त्री 

Gandaki province

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामापछि नयाँ सरकार गठन गर्ने विपक्षिको प्रयास असफल भएको छ ।

प्रदेश सरकार गठनको निर्णायक मानिएको प्रदेशसभामा तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले केन्द्रको निर्णय अवज्ञा गर्ने भएपछि विपक्षीको सरकार गठनको प्रयास असफल भएको हो ।

राष्ट्रिय जनमोर्चाको केन्द्रिय कमिटीले गण्डकी प्रदेशमा विपक्षी दलहरु नेपाली काँग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्ने तयारीमा थियो । तर जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्याउन सकेनन् ।

उनको पक्षमा ३० जनाले हस्ताक्षर गरेको बताइएपनि थापाले हस्ताक्षर गर्न मानेनन् । आज ४ बजेसम्म हस्ताक्षर बुझाउनु पर्ने थियो । तर थापा विहानै हस्ताक्षर नगरी जन्मथलो बाग्लुङ गएका छन ।

उनलाई कारवाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास गरिएको भएपनि उनलाई कारवाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारवाही गरिएको भन्दै निवेदन दिएका छन ।

अहिले ४ बजे बहुमतको सरकार गठन गर्ने समय सकिएकाले प्रदेश प्रमुखले ठुलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गरेकी छन् । यसअघि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध अविश्वा प्रस्तावको पक्ष विपक्षमा मतदानको समयमा राष्ट्रिय जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही विरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...