जनमोर्चाले हटायो कृष्ण थापालाई संसदीय दलको नेताबाट

Krishna thapa

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभामा संसदीय दलको नेता पदबाट हटाएको छ । महासचिव मनोज भट्टको हस्ताक्षरमा गण्डकी प्रदेशसभाका सभामुखलाई पठाइएको पत्रमा सो जानकारी दिइएको हो ।

आफै संलग्न रहेको २०७८ वैशाख १० गतेको राजमो केन्द्रको बैठक तथा २०७८ वैशाख १२ गते राजमो गण्डकी प्रदेश संसदीय दलको बैठकको निर्णय विपरीत उभिएपछि कृष्ण थापालाई सो कारबाही गरिएको सभामुखलाई प्रेषित पत्रमा उल्लेख छ ।

गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न पार्टीले निर्देशन दिए पनि थापाले कांग्रेस नेतृत्व स्विकार नगर्ने भन्दै हस्ताक्षर गर्न मानेका छैनन् । प्रदेशमा जनमोर्चाका ३ सांसद छन् । सांसद पियारी थापा र खिम विक्रम शाहीले हस्ताक्षर गरिसकेका छन् ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४ बजे सकिनेछ ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ ।

एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...