६९औं मिस युनिवर्समा नेपालको राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने

Uni warsh news

काठमाडौँ । ६९औं मिस युनिवर्समा नेपालको तर्फबाट राष्ट्रिय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ । हरेक वर्ष विश्वभरबाट हिमालका हेर्न र चढन नेपाल आउने गरेकोमा यस वर्ष भने मिस युनिवर्सको माध्यमबाट हिमालहरुलाई विश्वमा चिनाइने भएको छ ।

मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणका लागि अंशिका शर्मा यसअघि नै अमेरिका प्रस्थान गरिकेकी छन् । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ ।

राष्ट्रिय पोशाक प्रदर्शन कार्यक्रम भने मिस युनिवर्स फाइनलभन्दा अघि यही मे १३, बेलुका ८ बजे (मियामी समय) र नेपाली समय मे १४ बिहान ५ः४५ मा हुँदैछ ।

मिस युनिवर्स राष्ट्रिय पोशाक कार्यक्रमका लागि अंशिका शर्माले बीना घलेको सिर्जना ‘ओड टु माउन्टेनर’ (पर्वतारोहीको सम्झनामा) मा पहिरिने छिन् । नेपालको राष्ट्रिय पोशाक विश्वका सबै पर्वतारोहीहरूलाई र विशेषगरी नेपालका अग्ला हिमालयका संरक्षक तथा गाइडहरू, निडर शेर्पाहरुको सम्मान स्वरूप डिजाइन गरिएको आयोजकले जनाएको छ ।

विश्वका सबैभन्दा अग्ला चुचुराहरू आरोहण गर्न सफल कयौ व्यक्तिहरुका लागि नेपालको प्रदर्शन ऐतिहासिक सावित हुने विश्वास गरिएको छ । डिजाइनर बिना घलेका अनुसार राष्ट्रिय पोशाक पर्वतारोहणका क्रममा लगाइने जम्प्सुटको डिजाइनर संस्करण हो । शेर्पा बक्खुबाट प्रेरित भइ सेतो ब्रोकेडबाट एवेरेस्ट आउट्पिÞmट्सले सो जम्प्सुटको डिजाइन गरेको हो ।

मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठका अनुसार समाजसेवी महाबीर पुनको नेतृत्वमा नेपालको राष्ट्रिय अनुसन्धान केन्द्रले सो राष्ट्रिय पोशाकको कलात्मकतालाई आवश्यक मेकानिकल र प्राविधिक सहयोग गरेको छ । यसबाहेक, पोशाकमा शेर्पा समुदायलाई गहना र पोशाकमा रहेको कढ़ाई मार्फत पनि प्रतिनिधित्व गरिएको छ ।

सन् २०१७, २०१८ र २०१९ मा नेपालले राष्ट्रिय पोशाकमा आफ्नो परम्परा र सम्पदा सम्बन्धी प्रदर्शन गरेको थियो । ती वर्षहरुमा मिस यूनिवर्स नेपालका विजेताहरूले लगाएको डिजाइनर पोशाकहरू नेपाली आध्यात्मिकता र धार्मिकतामा आधारित थिए । यस वर्ष भने मिस युनिवर्स नेपाल २०२० ले हिमाल तथा हिमाल आरोहणमा आधारित राष्ट्रिय पोशाकका साथ नेपालको पहिचानलाई विश्वमाझ अझ बढी उचाइमा पुर्याइने विश्वास लिइएको छ ।

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि ‘मिस युनिवर्स’मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...