कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हाल सम्मकै सर्वाधिक, एकै दिन २२५ जनाको मृत्यु   

Corono death

काठमाडौं । पछिल्लो दिनको नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

यो संख्या सोमबारको तुलनामा झण्डै दोब्बर हो । सोमबार नेपालमा कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो । त्यो संख्याभन्दा मंगलबार झण्डै दोब्बर संख्यामा कंक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

आइतबार ८८, सोमबार १३९ जनाको मृत्यु हुँदा मंगलबार मृतक संख्या २२५ पुग्यो । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ भने कतिपय अस्पतालले बिरामी भर्ना लिन नसक्ने घोषणा नै गरेका छन् ।

१० दिनअघि कोरोना संक्रमणबाट २८ जनाको मृत्यु हुँदैमा संक्रमितले अस्पतालमा बेड पाउन छाडेका थिए । त्यसैले कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्‍हरु बताउँछन् । तर महामारी यो अवस्थामा त्यत्तिकै पुगेको भने होइन ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

प्रतिकृया दिनुहोस