पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ, अक्सिजनको सपोर्ट चाहिन छोड्यो

Gyanendra shah

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कोरोना संक्रमण भएपछि १८ दिन अघि पूर्वरानी कोमल र छोरी प्रेरणासहित उनी नर्भिक अस्पताल भर्ना भएका थिए। शाहको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ।

उनको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको नर्भिकले जनाकारी दिएको छ। पूर्वअधिराजकुमारी प्रेरणाको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका ‍पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। उनको अवस्था अहिले सामान्य छ। पूर्वरानी कोमल शाहलाई दिइएको अक्सिजनको मात्रा घटाइएको छ।

पूर्वरानीलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको अवस्थामा सुधार भएपछि केही दिन अघिदेखि नै आईसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ।

 

प्रतिकृया दिनुहोस