अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

Pakrau 1

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो ।  काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी उनीहरूबाट ८६५ स्थान अक्सोमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ ।

पछिल्लो समयमा अत्याश्यकवस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ । सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको छ भने अक्सिजन सिलिन्डर सङ्कलन अभियानसमेत जारी छ । अस्पतालले समेत चर्को शुल्क लिने गरेको गुनासो आएकाले अनुगमन भइरहेको प्रशासनले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...