आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Mausam 112

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू(भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

आज देशभर बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ भनेकेही स्थानमा मेघगर्जन र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
यस्तै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै केही स्थानमा मेघगर्जन र हावाहुरी सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानमा मेघगर्जन–चट्याङ्ग–हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...