सङ्घ/संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह

Unnamed642323

काठमाडौँ । समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ/संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ ।

परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न आग्रह गरिएको हो । 

ती संस्थाले अक्सिजन, सिलिन्डर, लिक्विड, भेन्टिलेटर, आइसियुलगायत सामग्रीमा सहायता गर्न सक्नेछन् । यसरी सहायता गर्दा रु पाँच करोडसम्मको परियोजना चलाएकाले २०, रु १० करोड भएकाले १५, रु २५ करोड भएकाले १०, रु ५० करोड भएकाले सात प्रतिशत र सोभन्दा माथिको परियोजना चलाउने संस्थाले पाँच प्रतिशतको सीमामा रही सहायता गर्न सक्नेछन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संक्रमित भएर छट्पटिँदै अस्पतालसम्म पुग्दाको त्यो पल म कहिले भुलुलाँ र ?

Yam kumari dadel

मोबाईलको घण्टी बज्यो । मेरी आमाको फोन रहेछ म : हेलो !आमा : शुभ–आशिर्वाद ! नानी घर कहिले आउने ?म ...