उपत्यकामा २९ गतेसम्म लम्बियो निषेधाज्ञा, खाद्यन्न पसल बिहान २ घण्टा मात्रै खोल्न पाइने

आवश्यकबाहेक सडकमा हिँडडुलमा कडाई गरिने, कवाडी संकलन र सडक व्यापार निषेध

Ktm27

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्मलाई लम्ब्याइएको छ । मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रणमलाई रोक्न थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अब हुने निषेधाज्ञा थप कडा हुने जनाइएको छ । सिडिओहरुको बैठकले अब खाद्यन्न पसल बिहान मात्रै खोल्न दिने निर्णय पनि गरेको छ । यसअघि बिहान बेलुका नै खुल्दै आएका पसल अब बिहान ७ देखि ९ बजेसम्म मात्रै खुल्ने भएका हुन् ।

यसअघि १६ गतेदेखि भोलि २२ गतेसम्म उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी छ । अब बेलुकाको समयमा खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरू सञ्चालन गर्न दिइने छैन । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...