तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्यो

Remdesivir drug has clear cut power to fight coronavirus

काठमाडौँ । कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधिको तीन हजार भाइल काठमाडौँ आइपुगेको औषधि व्यवस्था विभागले जनाएको छ।

१ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदका लागि विभिन्न कम्पनीलाई अनुमति दिइएकोमा तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुगेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए।

उनका अनुसार थप चार हजार भाइल रेम्डेसिभिर काठमाडौँ पुग्ने क्रममा रहेको छ। केही दिनमा थप औषधि पनि आइपुग्ने उनले बताए।

रेम्डेसिभिर कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि हो। ३ हजार भाइल आयात भएपछि हाल देखिएको अभावको समस्या केही हल हुने केसीले बताए।

कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिको कालोबजारी भइरहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...