चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

Chatyang

काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको थिए । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...