भोटे ताल्चाभित्रै यसरी भगवानहरु थुनिएपछि... (फोटो कथा)

Mandir news

काठमाडौं । भनिन्छ, मानिस जतिको स्वतन्त्र त भगवान पनि छैनन् । आज काठमाडौं उपत्यकामा निषेधाज्ञा भएको एकसाता भइसक्यो । अझैं कति दिन निषेधाज्ञा हुने हो, अन्योल छ ।

निषेधाज्ञा भएपछि मानिसहरु बन्द कोठामा थुनिएका छन् । बन्द कोठामा थुनिएका मानिसले आफुँले मान्दै आएका भगवानलाई मनले मात्रै सम्झिरहेका छन् ।

हामी नेपालीहरु मनले भन्दा पनि शरीरकै उपस्थितीमा आस्थाका धरोहरका रुपमा भगवानलाई मान्ने गर्छौ । हाम्रा लागि आस्थाको केन्द्र हो मन्दिर, गुम्बा, गुरुद्वारा, मस्जिद र चर्चहरु ।

तर हाम्रा आस्थाका केन्द्र भगवानका घरहरुमा भोटे ताल्चा लगाइएको छ । आज लकडाउन भएको पनि एकसाता भइसकेको छ । लकडाउनको एकसातासम्म सहर बजार मात्र होइन, धार्मिक स्थालहरु पनि बन्द छन् । उपत्यकाका विभिन्न मठ, मन्दिर, गुम्बा, मस्जिदहरुमा ताल्चा लगाइएको छ ।

हिन्दु धर्मालम्बीहरु कुनै पनि मन्दिरहरु गएका छैनन् । गए पनि भोटे ताल्चाकै दर्शन गरेर आफ्नो मन हलुंगो बनाएर फर्किरहेका छन् । आइतबारदेखि लकडाउन केही खुकुलो भएका बेला नजिकका मन्दिर पुग्नेहरु पनि न्यास्रो मान्दै पुजा गरेर फर्किए । आजभोली त मन्दिरमा गएर पुजाआज गरेको दृष्य दुर्लभ मात्रै देख्न पाइन्छ ।

अब लकडाउनको कहर नसकिएसम्म हाम्रा आस्थाका धरोहर भगवानको घरमा लागेको भोटे ताल्चा खुल्ने अवस्था छैन । यस्तो कहाली लाग्दो अवस्था देखेर लाग्छ, हाम्रा आस्थाका भगवानहरुलाई विना भक्त ‘पानी विनाको माछा’ झै छटपटिँदै होलान् । कहिले सम्म यसरी हाम्र भगवानहरु बन्द कोठामा थुनिएर बस्न सक्लान ? सबैको मनमा यस्ता प्रश्नहरु उब्जिने गर्छन् ।

बन्द कोठामा थुनिएका भगवानहरुलाई सान्त्वना दिन मन लाग्छ । भन्न मन लाग्छ, हे भगवान, हामी पनि बन्द कोठामै छौं कोरोना संक्रमणको त्रासले हामी पनि बन्द कोठामा छौं ।

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...