‘कोभिड–१९ उपत्यका संयोजन समिति’ गठन

Covide 54212313

काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको कार्य गर्न ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसिसी) गठन गरेको छ ।

समितिको सोमबार बसेको भर्चुअल बैठकले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ पनि गठन गर्ने निर्णय गरेको छ । उपत्यका प्रदेशले अध्यक्ष श्रीजन झाको संयोजक रहने गरी महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको सिभिसीसी गठन गरेको हो ।

यस्तै, कोषाध्यक्ष अर्जुन पन्त संयोजक र  सदस्यहरुमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहने गरी कोष स्थापना गरेको हो । कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर हस्पिटलमा भर्ना भएका कोभिड संक्रमित श्रमजिवी पत्रकारहरुलाई उपलब्ध गराइने महासचिव टेनिस रोकाले जानकारी दिए ।

उपत्यका प्रदेशले प्रदेश अन्तर्गतका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखालाई कोभिड–१९ को विषयसँग सम्बन्धित कार्य गर्न सक्रिय समिति गठन गरी स्वास्थ्य सावधानीसहित काम गर्न र आफू माहतहतका सदस्यहरुलाई कोभिड संक्रमण भए त्यसको दैनिक तथ्याक संकलन गर्न, संक्रमितको अवस्था के कस्तो रहेको हो त्यसको विवरण संकलन गर्न, होम आइसोलेशन वा हस्पिटल के कहाँ रहेको हो त्यसको जानकारी राख्न र सोको दैनिक विवरण प्रदेश समिति तथा सिभिसीसीलाई उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।

बैठकले सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्दै कोरोनाको बहानामा जबरजस्ती निष्काशित नगर्न र बिदामा नराख्न आग्रह गर्ने निर्णय भएको महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराइए, निष्काशित वा बिदामा राखिएको पाइएमा आन्दोलनमा जाने निर्णय पनि गरेको छ ।

उपत्यका प्रदेशले फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ । यस्तै, श्रमजीवि पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियतको व्यवस्था गर्नुका साथै सर्वसाधरणलाई सुसूचित गराइरहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक विषयमा सहुलियत दिन माग पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...