हिमाल चढ्ने र  ट्रेकिंग गर्ने कम्पनीहरुसँग खाली सिलिन्डर भए आविष्कार केन्द्रलाई उपलब्ध गराउन पुनको आग्रह

Mahabi rpun

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले हिमाल चढ्ने र ट्रेकिंग गर्ने कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर  छ भने उपलब्ध गराउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिलिन्डर खाली भए यथासिघ्र जानकारी गराएर सिलिन्डर उपलब्ध गराउन भनेका छन् ।

हिमाल आरोहीले प्रयोग गरेको सिलिन्डरमा ४ केजी अक्सिजन रहने भएर २ बारमा अक्सिजन दिँदा ६ घण्टा पुग्ने भएकाले सगरमाथा सफा गर्ने टोलीहरुले जम्मा गरेका खाली सिलिन्डरहरु कहिँ कसैले जम्मा गरेर राख्नु भएको छ भने  सम्पर्क गरेर आविष्कार केन्द्रलाई सापटी दिन वा बिक्री गर्न भनेका छन् ।

उनले भनेका छन्, ‘हामीले ति सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराउने छौं । नेपालमा अक्सिजनको खाली  सिलिन्डरहरु को अत्यन्तै अभाव भएकोले यो अनुरोध गरिएको हो।’

खाली ग्यास सिलिन्डर छ भने जो कोहीले उक्त नम्बरमा phone /Viber/Whatsapp 9841592361सम्पर्क गर्न सक्नुहुनेछ । 

प्रतिकृया दिनुहोस