गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख शेरचन र त्रिपाठी ‘आउट’ हुँदा पौडेल र यादव ‘इन’

Bidhya bhandari

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् ।

उनीहरू दुवैजना माओवादी केन्द्र निकट हुन् । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

यता, मन्त्रिपरिषद्ले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखमा सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पौडेल र यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । पौडेल एमाले नेतृ हुन् भने यादव पूर्व उपसभामुख हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...