सोमबारदेखि निषेधाज्ञा थप कडाई गरिने, बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसल खोल्न दिइने

Luck down kabhare banepa

काठमाडौं । कोरोना संक्रमणको लहर तीव्र रुपमा बढेसँगै सरकारले निषेधाज्ञालाई थप कडाई गर्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञालाई दुई दिनसम्म त्यत्ति कडाई गरेको थिएन । सबै सरकारी कार्यालयहरु खुल्ला थिए भने बैंक तथा सहकारी संस्थाहरु पनि खुलेका थिए ।

तर, आइतबारदेखि कडाई गर्न थालेको सरकारले सोमबारदेखि भने झन कडाई गर्ने भएको छ । भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसल खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय गरेको हो ।

सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने, ‘मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।’

पत्रकारको प्रेस पासको हकमा सम्बन्धित सञ्चारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी गरेको दिन सुचना विभागले उपलब्ध गराएको प्रेस पास मात्रै मान्यता दिइने भनिएको थियो ।

नेपाल पत्रकार महासंघले सम्बन्धित मिडिया हाउसले उपलब्ध गराएको परिचय पत्रलाई मान्यता दिन माग गरेपछि मिडिया हाउसले उपलब्ध गराइएको पास बोकेर समाचार संकलन हुँदै आएको थियो ।

तर, आइतबारदेखि भने सुचना विभागको पासविना हिड्न रोक लगाइएको थियो । त्यसलाई सच्याउँदै जिल्ला प्रशाषन कार्यालयले सम्बन्धित सञ्चारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय लिइने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...